लोकतान्त्रिक गणतन्त्रमाथि गम्भीर बज्रपात : पत्रकार महासंघ

  • अनलाइन केन्द्र
  • / समाज /
  • २०७७ पौष ५, आईतबार (३ साल अघि)
  • ४ पटक पढिएको
Post Thumbnail

पुस ५, काठमाडौं । नेपाल पत्रकार महासंघले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गर्ने सिफारिस गर्नुले नेपालको संविधान र संघीय लोकतान्त्रिक गणतान्त्रमाथि गम्भीर बज्रपात भएको बताएको छ ।

महासचिव रमेश विष्टले विज्ञप्ति जारी गरी प्रधानमन्त्रीको संसद विघटनको सिफारिस कार्यान्वयन नगर्न राष्ट्रपति विद्यादेवी भण्डारीलाई आग्रह गरेका छन् । आइतबार विज्ञप्ति जारी गरी महासंघले प्रधानमन्त्रीको यो कदम २०६२र०६३ को जनआन्दोलनको बलमा स्थापित संघीय लोकतान्त्रिक गणतान्त्रिक शासन व्यवस्था र संवैधानिक व्यवस्थाविरुद्ध भएको ठहर गरेको छ ।

 

ताजा अपडेट

खोजी गर्नुहोस